आईपीएलमा बैंगलोरमाथि पञ्जाबको रोमाञ्चक जित !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले रोमाञ्चक जित निकालेको छ ।
उसले रोयल च्यालेन्जसर्स बैंगलोरलाई ८ विकेटले हराउँदै जित निकालेको हो । १७२ रनको लक्ष्यका साथ मैदान पसेको पञ्जाबले मात्र दुई विकेट गुमाएर १७७ रन बनाएपछि जित हात पारेको हो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंगलोरका कप्तान विराट कोहलीले ४८ रन बनाए भने क्रिस मोरिसले अविजित २५ रन बनाए । शिमव् दुवेले २३ र आरोन फिन्चले २० रन बनाए ।
यता पञ्जाबका लागि भने मोहम्मद शामी र मुरुगन अश्विनले समान २–२ विकेट लिए । त्यस्तै जवाफी ब्याटिङमा आएको पञ्जाबका कप्तान केएर राहुल सर्वाधिक ६१ रनमा अविजित रहे रभने मयंक अग्रवाल ४५ रनमै आउट भए ।
जारी सिजनमा पहिलोपटक देखिएका क्रिस गेलले पाँच छक्काका साथ ५३ रन बनाए । बैंगलोरका चाहलले बाहेक अन्य खेलाडीले विकेट गिराउन सकेनन् । दोस्रो जितसँगै पञ्जाबले ४ अंक बनाएको छ । ऊ जितका बाबजुद अंकतालिकाको पुछारमा छ । यता पराजित बैंगलोर १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ ।