हार्मोनी कपका बिजेताहरुलाई गाला डिनरमा पुरस्कार बितरण, यी बने प्रतियोगितामा उत्कृष्ट


पर्थ, अष्ट्रेलिया ।

एनआरएनए पश्चिम अष्ट्रेलियाले गत आइतबार पर्थमा गाला डिनरको आयोजना गरी हार्मोनी कपका बिजेताहरुलाई पुरस्कार बितरण गर्‍यो । गत १० र ११ अक्टोबरमा पर्थमा सन्चालित दोश्रो हार्मोनी कपका बिजेता समुह र खेलाडीहरुलाई बिभिन्न बिधा अन्तर्गत सो गाला डिनरमा मेडल, कप र प्रमाणपत्र बितरण गरिएको थियो। सर्बियन कम्युनिटी हलमा आयोजित उक्त गाला डिनरमा खेलाडी र अन्य गरी पर्थका झन्डै चार सय नेपालीहरुले सहभागीता जनाएका थिए ।

फुट्बल, भलिबल, क्रीकेट, टेबल टेनिस, ब्याड्मिन्टन, लाउन टेनिश र ५ किमी दौड गरी कुल ७ खेलका बिजेता र उप-बिजेताहरुलाई बिभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। सो कार्यक्रममा पर्थका स्थानिय कलाकारहरुले नृत्य एबम गायन समेत प्रस्तुत गरेका थिए । फुट्बल, भलिबल र क्रीकेट खेलका उत्कृष्ट खेलाडी र समुहलाई गाला डिनरमा पुरस्कृत गरिएको थियो । बिभिन्न बिधामा पुरस्कृत खेलाडी तथा समुहको नाम गाला डिनरमा एकै पटक घोषणा गरिएको थियो । फुट्बल प्रतियोगिताको लिग र फाइनल चरणका बिभिन्न खेलहरुमा नेप्लिज युनाईटेड फुट्बल क्लबका सुदिप खनाल, राजेन्द्र बुढाथोकी, सागर घिमिरे, गुर्खाज बोयज फुट्बल क्लबका भागवत भट्टराई, दिलिप थापा मस्राङी, नमस्ते फुट्बल क्लबका कृष्ण अधिकारी र भाषा पाठशाला ब्लु समुहका दिपक बस्नेत ‘म्यान अफ द म्याच’ बन्न सफल भए। नमस्ते फुट्बल क्लब र नेप्लिज युनाईटेड क्लब बिचको फाइनल खेलमा नेप्लिज युनाईटेड फुट्बल क्लबका रबिन्द्र कुवर आठ गोल सहित ‘टप स्कोरर’, वीरजङ रोकाए ‘बेस्ट गोलकिपर’ र सुदिप खनाल ‘बेस्ट प्लेयर अफ द टोउर्नामेन्ट’ बन्न सफल भए । त्यस्तै नमस्ते फुट्बल क्लबका ललित रोका ‘बेस्ट डिफेन्डर’ र गुर्खाज बोयज क्लबका भागवत भट्टराई ‘बेस्ट मिडफिल्डर’ बन्न सफल भए। ‘फेयर प्ले अवार्ड’ भने सनडे फुट्सल क्लबले हासिल गर्‍यो । फाइनल खेलमा नेप्लिज युनाईटेड फुट्बल क्लबले नमस्ते फुट्बल क्लबलाई १०-० ले पराजित गरेको थियो ।

भलिबल भलिबल खेल अन्तर्गत ‘टिम टेस्टी मोमो’ का मनोज बस्नेत र ‘टिम डटलेस’ का भिम पुन ‘प्लेयर अफ द लिग राउन्ड’ बन्न सफल भए। ‘टिम युनाईटेड ब्रदर्स’ का निरोज महर्जन ‘बेस्ट स्पाइकर अफ द टोउर्नामेन्ट’ बने। ‘टिम हिमाली गुर्खाज’ का राम गुरुङले ‘बेस्ट लिफ्टर अफ द टोउर्नामेन्ट’ बन्न सफल रहे। ‘टिम युनाईटेड ब्रदर्स’का चन्द्र गुरुङ ‘बेस्ट अलराउन्ड प्लेयर अफ द टोउर्नामेन्ट’ बने।

त्यस्तै ‘टिम टेस्टी मोमो’ र ‘टिम हिमाली गुर्खाज’ बिचको फाइनल खेलमा ‘टिम टेस्टी मोमो’ का बिष्णु खत्री र ‘टिम हिमाली गुर्खाज’ का सुदिप श्रेष्ठ ‘म्यान अफ द फाइनल म्याच’ बन्न सफल भए। ‘फेयरेष्ट टिम’ को उपाधी भने ‘टिम युनाईटेड ब्रदर्स’ ले जित्यो। प्रतियोगितामा’ टिम टेस्टी मोमो’ बिजयी र ‘टिम हिमाली गुर्खाज’उप-बिजयी बन्न सफल भएका थिए ।

क्रीकेट क्रीकेटको बिभिन्न चरणका खेलमा पर्थ नेपाल क्रीकेट क्लबका सञ्जय चौधरी, उत्सब ठकुरी, मिलन क्षेत्री र नबिन तमाङ, नेप्पर्थ क्रीकेट क्लबका अनिश खड्का,पर्थ गुर्खाज क्रीकेट क्लबका अजय राज ढुंगाना र पर्थ ब्लास्टर्ज क्रीकेट क्लबका ध्रुब लम्साल ‘म्यान अफ द म्याच’ बन्न सफल भए । प्रतियोगिता भर उत्कृष्ट ब्याटिङ गर्दै चार खेलमा २१० रन बनाएका पर्थ ब्लास्टर्ज क्रीकेट क्लबका ध्रुब लम्साल ‘बेस्ट ब्याट्स्म्यान’ घोषित भए। चार खेलमा ९ विकेट लिन सफल पर्थ नेपाल क्रीकेट क्लबका अनिल खनाल ‘बेस्ट बोलर’ उपाधीबाट सम्मानित भए। बिभिन्न खेलमा उत्कृष्ट फिल्डिङ प्रदर्शन गरेका पर्थ ब्लास्टर्ज क्रीकेट क्लबका दिपक आचार्य ‘बेस्ट फिल्डर’ बने। त्यस्तै ‘बेस्ट विकेट किपर’ मा पर्थ नेपाल क्रीकेट क्लबका छिरिङ्ग दोर्जे चुनिए ।

पर्थ नेपाल क्रीकेट क्लबका उत्सब ठकुरीले प्रतियोगिता भर २ विकेट, ५ क्याच सहित कुल १८० रन बनाएर ‘बेस्ट प्लेयर – म्यान अफ द सिरिज’ बने । धेरै लामो गृहकार्य पस्चात दोश्रो हार्मोनी कपलाई आफुहरुले सफल बनाउन सकेको भन्दै आगामी दिनहरुमा पनि यो अभ्यासलाई निरन्तर्ता दिन एनआरएनए पश्चिम अष्ट्रेलिया कटिबद्द रहेको संस्थाका उपाध्यक्ष माधव ढुंगानाले बताए ।

पर्थका खेलप्रेमी नेपालीहरुलाई पुन: सामुहिक रुपमा जोड्दै एकताबद्द गर्न आफुहरु सफल रहेकोमा हार्मोनी कपको साचो उधेश्य पुरा भएको एनआरएनए पश्चिम अष्ट्रेलियाका सचिब दिपक बस्नेतले जिकिर गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?