एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण !


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ । शेर्पाले बिहीबार पिसिरआर टेष्टको रिर्पोट पोजेटिभ आएको बताएका छन् । ३ दिनदेखि असजिलो महसुस गरेयता होम आइसोलेसनमा रहेको जनाउँदै शेर्पाले पिसिआर टेष्ट गराएका थिए ।

अहिले भने आफुमा कुनै लक्षण नरहेको शेर्पाले जनाएका छन् । उनले आफ्नो संम्पर्कमा आउनेलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?