ट्रोलर्समा आलिया भट्टको आक्रोस, भन्छिन् तपाईको एक डिसलाइकले मेरो महत्व घटाउँदै !
एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणरले बलिउडमा हलचल मच्चिएको छ । बलिउडमा ड्रग्स गिरोहबारे चर्चा पाइरहेको छ । यसैबीच आलिया भट्टले इंस्टाग्राम मार्फत आफ्ना फ्यानहरु माझ केही कुरा सेयर गरेकी छिन् । उनी नेपोटिज्मको कारण ट्रोल भएकी थिइन् । केही समय अगाडी युट्युबमा सार्वजनिक भएको उनको फिल्म सडक–२ को ट्रेलरले लाइक भन्दा डिसलाइक बढी पाएको थियो ।
लगातार ट्रोलको शिकार भएकी आलिया भट्टले इंस्टाग्राममा मनछुने कुरा पोस्ट गरेकी छन् । उनले आफ्ना फ्यानहरुलाई बघाई दिएकी छन् । अहिले उनको इंस्टाग्राममा फलोअर्र्स बढेर ५० मिलियन पुगेका छन् । यही कारण उनले फलोअर्र्सलाई धन्वाद भनेकी छन् । यही पोस्ट मार्फत उनले ट्रोलबारे कडा जवाफ पनि दिएकी छन् ।
उनले इंस्टाग्रामको पोष्ट गर्दै भनेकी छन्, आज प्रशंसा गर्ने दिन हो, धन्यवाद मेरा शुभचिन्तक सबैलाई तपाईहरुको मायाले गर्दा आज मेरो इंस्टाग्राममा ५० मिलियन फलोअर्स पाएको छु, आज म तपाईहरुलाई केही भन्न गैरहेकी छु, मैले बितेको केही महिनामा धेरै कुरा सिकेकी छु, सामाजिक सञ्जालले हामिलाई नजिक बनाएको छ, उत्साहित पनि बनाएको छ, तर हामी यही हैनौँ ।
उनले अगाडी लेखेकी छन्, म अहिले नि खुःशी छु म सधै तपाई प्रती आभारी छु मलाई थाहा छ की जिन्दगी अरुसँगको सम्बन्ध स्थापीत गर्नाले नै बन्दछ । नातामा धेरै असहमती हुने गर्दछन्, असहमती भन्दा बढी जोडिने कोशिस गर्नु पर्दछ । एक जनाले सामाजिक सञ्जालमा एक बटन लाइक अथवा डिसलाइकले कसैको महत्व घट्दैन् ।
उनी अगाडी लेख्छिन्, म चाहान्छु की तपाई सबै भन्दा पहिले आफ्नो प्रशंसा गर्नुहोस्, आफ्नो आत्मको प्रशंसा गर्नुहोस्, आफ्नो शरिरको प्रशंसा गर्नुहोस्, कुनै पनि लाईक डिसलाईकले कहिले पनि तपाईको आत्मादेखि टाढा बनाउँन सक्दैन् । आलियाले आफ्नो मनको कुरा यसरी आफ्ना फ्यानहरु माझ राखेकी छन् । उनले हरेक ट्रोलको सिकार हुँदा आफ्नो रिस पनि पोख्ने गर्छिन् । आलियाले ट्रोललाई दिएको सल्लाहले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।