बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गरेको मुम्बई इन्डियन्स प्ले अफ नजिक
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । हिजोको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गर्दै जीत हासिल गरेको हो ।
हिजोको खेलमा जीत हात पारेसँगै मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ । मुम्बईले अहिलेसम्म १६ अंक जोडेको छ ।
बैंग्लोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । १० चौका र तीन छक्का प्रहार गरे ।
त्यस्तै, बैंग्लोरका लागि लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।