२१ वर्षीय नाैरीको गोलमा वुल्भ्सको जीत


एजेन्सी । इंग्लिस प्रिमियर लिगमा वुल्भरह्याम्पटनले क्रिस्टल प्यालेसमाथि जित पारेको छ । युवा खेलाडी रायन एइट नाैरीले डेब्यु गोल गरेपछि वुल्भ्सले क्रिस्टल प्यालेसमाथि सहज जीत हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा नाैरीले १८ मिनेटमा गोल गर्दै वुल्भ्सलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि २७ मिनेटमा क्यास्टेलो पोडेन्सले गोल गरेपछि वुल्भ्सले सहज जीत हात निकालेको हो ।

क्रिस्टल प्यलेुमाथि जीत निकालेको वुल्भ्स १३ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । २१ वर्षीय नाैरी यसै सिजन लोनमा वुल्भ्समा आबद्ध भएका हुन् ।

वुल्भ्स र क्रिस्टल प्यालेस बीचको खेलमा क्रिस्टल प्यालेसका मिलिभोयभिचले रातो कार्डको सामना गर्दै मैदान छोडेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?