शाहरूख खानको जन्मदिन – २५ वर्षसम्म हलमा रिलिज भइरहेको एउटा फिल्म


एजेन्सी । बलिउड अभिनेता शाहरूख खान आजबाट ५५ वर्षमा प्रवेश गरेका छन् । बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित शाहरूखले विश्वभर धेरैको मन जित्न सफल भएका छन् ।

भारतीय फिल्म इन्डस्ट्रीमा खानले करीब ३ दशक बिताइसकेका छन् । चलचित्र ‘दिवाना’बाट बलिउडमा डेब्यु गरेका खानको फिल्मी यात्रा सफलताले भरिपूर्ण छ ।

अहिले शलिउडका बादशाहको नामबाट परिचित भएता पनि खानको स्क्रीन करियर भने टेलिभिजनबाट सुरू भएको हो । ‘फौजी’ नामक सिरियलबाट अभिनय सुरू गरेका खानले पछिल्लो समय ‘जिरो’ नामक फिल्ममा अभिनय गरेका छन् । तर, उनको यो फिल्म भने असफल फिल्म मध्ये एकमा पर्छ ।

‘दिवाना, डर, कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, चल्ते चल्ते, कोइला, करण अर्जुन, माइ नेम इज खान, ओम शान्ती ओम, रब ने बनादी जोडी, रा वन, डन, चेन्नाई एक्सप्रेस, दिलवाले, रइस’ यी फिल्महरूको सफलताले नै शाहरूखलाई बलिउडका बादशाहको उपनाम दिएका हुन् ।

बलिउडमा शाहरूख खानको एउटा फिल्मको नाममा हलमा सबैभन्दा लामो समयसम्म रिलिज हुने फिल्मको इतिहास लेखाउन सफल भएको छ । ‘दिलवाले दुल्हनिया ले जायंगे’ यो फिल्म हलमा रिलिज भएको २५ वर्ष पूरा भएता पनि अझै यो फिल्म हलमा रिलिज भइरहेको छ ।

मुम्बइको मरठा मन्दिर थिएटरमा यो फिल्म अहिलेसम्म पनि प्रदर्शन भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?