च्याम्पियन्स लिग- रियल र इन्टर भिड्दै, रियललाई जित्नैपर्ने दबाब


एजेन्सी । युरोपियन च्याम्पिन्स लिग अन्तर्गत मंगलबार राती हुने खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब इन्टर मिलनको सामना गर्दैछ ।

यो सिजनको च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न नसकेको रियल मड्रिडले घरेलु मैदान स्टाडियो अल्फ्रेडो स्टिफानोमा इन्टरको सामना गर्न लागेको हो ।

रियल मड्रिडले यो सिजन अन्तर्गत खेलेका २ खेलमध्ये १ मा हार र अर्को एकमा बराबरी खेलेको छ । १ अंकसहित रियल समूह तालिकाको पूछारमा छ ।

इन्टर मिलानसँग खेलेका युरोपियन च्याम्पिन्स लिगका पछिल्ला ६ खेलमा रियलले जीत हासिल गरेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । त्यस्तै, इन्टर मिलानले भने स्पेनिस प्रतिद्वन्द्वीसँग खेलेका १५ खेलमा पराजय व्यहोरेको छ ।

मंगलबार राती हुने यो खेल नेपाली समय अनुसार १ः४५ बजे सुरू हुनेछ । रियलका लागि आज हुने खेल दबाबपूर्ण हुनेछ । यदी यो खेलमा रियलले जीत निकाल्न नसके रियलको च्याम्पियन्स लिगको यात्रा धरापमा पर्नेछ ।

मंगलबार राती नै च्याम्पियन्स लिगमा शाक्तर डोनेस्तक, लोकोमोतिभ मस्को, आरबी साल्सबर्ग, म्यानेस्टर सिटी, पोर्टो, एट्लान्टा, मिट्जिल्याण्डले क्रमशः मन्चेन्ग्लाडबाग, एथ्लेटिको मड्रिड, बायर्न म्युनिख, ओलम्पियाकस, मार्सेल्लि, लिभरपुल र आयाक्सको सामना गर्दैछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?