रियल मड्रिडको संघर्षपूर्ण जीत, बायर्नले गर्यो आधा दर्जन गोल


एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा स्पेनिस च्याम्पियन रियल मड्रिडले जीत हात हासिल गरेको छ । समूह चरणको तेश्रो खेलमा रियलले इटालियन क्लब इन्टर मिलानमाथि ३–२ को संघर्षपूर्ण जीत हासिल गरेको हो ।

रियलको जीतमा करीम बेन्जेमा, कप्तान सर्जियो रामोस र रोड्रिगोले एक एक गोल गरेका थिए । रियलको घरेलु मैदानमा भएको खेलमा बेन्जेमाले २५ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३३ मिनेटमा सर्जियो रामोसको गोलमा रियलले २–० अग्रता कायम गरको थियो ।

उता इन्टर मिलानका लाैटारो मार्टिनेजले ३५ खेलको ३५ मिनेटमा गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६८ मिनेटमा इभान पेरिसिचले गोग गर्दा रियल र इन्टरको खेल २–२ को बराबरी अवस्थामा पुग्यो ।

खेल सकिन १० मिनेट बाँकी हुँदा रियलका रोड्रिगोले महत्वपूर्ण गोल गरेसँगै रियलले जीत सुनिश्चित गर्यो । यस सिजनको च्याम्पिन्स लिगमा रियलको यो पहिलो जीत हो । जीतसँगै रियल मड्रिड अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।

गएराती नै भएको अर्को खेलमा साबिक विजेता बायर्न म्युनिखले साल्जबर्गमाथि ६–२ गोल अन्तरको फराकिलो जीत निकालेको छ । हिजो राती नै भएका खेलहरूमा बोरूसिया मन्चेग्लाडबाग, लिभरपुल, पोर्टो, म्यानचेस्टर सिटी र आयाक्सले आ–आफ्ना खेलमा जीत हासिल गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?