दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बईले जित्यो आइपिएलको उपाधि !


काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जितेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १–१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए ।

योसँगै अहिलेसम्म १३औ सिजनमा मुम्बई इण्डियन्स छैठौ पटक फाइनल खेलेर पाँच पटक उपाधि जितेको छ । त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्स पहिलो उपाधि जित्न बाट भने चुकेको छ ।

अहिलेसम्मको विजेताहरु

२००८ : राजस्थान रोएल्स

२००९ : डेक्कन चार्जर्स

२०१० : चेन्नाई सुपर किंग्स

२०११ : चेन्नाई सुपर किंग्स

२०१२ : कोलकता नाइट राइडर्स

२०१३ : मुम्बई इन्डियन्स

२०१४ : कोलकता नाइट राइडर्स

२०१५ : मुम्बई इन्डियन्स

२०१६ : सनराइजर्स हैदरावाद

२०१७ : मुम्बई इन्डियन्स

२०१८ : चेन्नाई सुपर किंग्स

२०१९ : मुम्बई इन्डियन्स

२०२० : मुम्बई इन्डियन्स

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?