गायिका ब्रिटनीले भनिन्, बुवाले मेरो सम्पति कब्जा गरे !


एजेन्सी । अमेरिकन पप गायिका ब्रिटनी स्पीयर्सले बुवाले आफ्नो सम्पत्ति कब्जा गरेको आरोप लगाएकी छन् । उनले आफ्नो सम्पत्ति हडप्नैकै लागि बिजनेसमा नयाँ म्यानेजर माइकल केनलाई नियुक्त गरेको बताएकी हुन् । अमेरिकी समचार एजेन्सी टिएमजेडले बताए अनुसार उनका बुवा जेमी स्पीयर्सले ३८ वर्षीया ब्रिटनीलाई नसोधी नयाँ म्यानेजरमा केनलाई नियुक्त गरेका थिए । जबकी उनी आफ्नो सम्पत्तिको संरक्षणको जिम्मा बेस्मर ट्रस्ट कंपनीलाई दिन चाहान्थिन् ।

अघिल्लो महिना उनको पहिलाको कम्पनी ट्रिस्टार स्पोर्ट्स एंड एंटरटेनमेंट ग्रुपले सम्पत्तिको रेखदेख गर्न छोडेको थियो । ब्रिट्नी भन्छिन् बुबा जेमीले केनलाई संरक्षको रूपमा छनौट गरे जसले गर्दा उनले ब्रिटनीको निजी र व्यावसायिक समस्याहरूको सामना गर्दै २००८ मा कार्यान्वयन गरिएको ब्रिट्नीको कन्सर्वेटरशिपमा काम गर्न सकियोस । बिगत १२ बर्षदेखि उनका बुबा जेमीले ब्रिटनीको सम्पत्ति हेरचाह गरिरहेका थिए । सम्पत्तिको बिषयलाई लिएर लामो समयदेखि बुवा–छोरीको बोलचाल बन्द भएको छ ।

ब्रिटनीले अदालतलाई उनको कन्सेर्वेटरशिपको नियन्त्रण बेसमेर ट्रस्ट कम्पनी लाई दिन आग्रह गरेकी छन् । एक रिपोर्ट अनुसार, ब्रिट्नी २ अक्टोबरमा कानुनी कागजात आएका थए । उनीहरूका अनुसार ट्रिस्टार स्पोर्ट्स एंड एंटरटेनमेंट ग्रुप र मनोरन्जन समूहको व्यवसायिक मामिला सम्हाल्ले छैन् ।

ब्रिटनीले भनिन्, मलाई अदालतले त्रिष्टारको काम छोड्न कुनै अग्रिम सूचना दिएको थिएन् । ट्रिस्टारले काम छोडेको केही समयपछि उनका बुबा जेमीले केनलाई उक्त पदका लागि रोजेका थिए । केनले जेमीको कानूनी टोलीमा लामो समयसम्म काम गरिसकेका छन । ब्रिटनीलाई केनलाई नियुक्ति गर्ने बारे कुनै जानकारी दिइएन् । सम्पत्तिमाथि बुबाको कब्जा हटाउन गरेको प्रयास विफल भएको छ । उनको सो निवेदनलाई अमेरिकी अदालतले खारेज गरिदिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?