भारतविरोधी ट्वीटरमाथि प्रतिबन्ध लगाउन कंगनाको माग !


एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोटले ट्वीटर भारत विरोधी भएको बताएकी छन् । उनले शुक्रवार ट्वीट गर्दै ट्वीटर हिन्दुफोबिक र एन्टीनेशनल रहेको भन्दै भारतलाई यस्तो संजाल नचाहिने बताएकी हुन् । सरकारले ट्वीटरमाथि प्रतिबन्ध लगाउने हल्ला चलेको भन्दै कंगनाले भारतमा ट्वीटरमाथि प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

कंगनाको यो ट्वीटसँगै भारतमा ब्यानट्वीटर ह्यास्ट्याग ट्रेन्डिङमा रहेको छ । भारतको नरेन्द्र मोदी सरकारले जम्मू कश्मीरबाट लेह र लद्दाकलाई केन्द्र शासित छुट्टै प्रदेश बनाएको थियो । तर ट्वीटरले भने ती क्षेत्रलाई जम्मू कश्मीरमै देखाएको भारतीय मिडियाहरुले उल्लेख गरेको छ । त्यसपछि ट्वीटरलाई मोदी सरकारले नोटिस पठाएर स्पष्टिकरण सोधेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?