कमेडियन भारती सिंह र उनका श्रीमान जेल चलान !
एजेन्सी । भारतीय चर्चित कमेडियन भारती सिंहलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो ।
अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो ।
उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । एनसीबीले शनिबार नै भारतीलाई पक्राउ गरेको थियो भने हर्षलाई आइतबार बिहान पक्राउ गरेको थियो । उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको छ ।