कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण !
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण देखिएको हो ।
लामो समय ठप्प रहेको नेपाली क्रिकेटको बन्द परीक्षण सुरु गर्न खेलाडीहरु र प्रशिक्षक जगत टमाटाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो । जसमा कप्तान मल्ल, उपकप्तान ऐरी र पौडेललाई कोरोना संक्रमण देखिएको हो ।
कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।