१ डिसेम्बरमा उदित नारायणका छोरा आदित्यको विवाह


एजेन्सी । चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायणले १ डिसेम्बरमा विवाह गर्ने भएका छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग १ डिसेम्बरमा विवाह गर्न लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुसँगको अन्तर्वार्ताका क्रममा उनले यसको जानकारी दिएका थिए ।

उनी क्लोज फेमिली मेम्बरसँग मात्र रहेर विवाह गर्न लागेको बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको विवाह एक मन्दिरमा गरिने तय भएको छ ।

भारतमा कोरोना भाइरसका कारण विवाहमा ५० जना भन्दा धेरै मानिस उपस्थित हुन दिइएको छैन ।

केही समयअघि आदित्यको विवाह गायिका नेहा कक्कडसँग हुने हल्लाहरू चलेका थिए । तर, नेहाले अक्टोबरको पहिलो हप्ता नै रोहनप्रीत सिंहसँग विवाह गरिसकेकी छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?