पाउलो कोएलोले भने – उत्कृष्ट नेपाली फिल्म ‘सेतो सुर्य’ हेरेँ


काठमाडाैँ । विश्व प्रशिद्ध लेखक पाउलो कोएलोले नेपाली फिल्म ‘सेतो सुर्य’ हेरेका छन् । उनले शुक्रबार ट्वीट गर्दै नेपाली फिल्म सेतो सुर्य हेरेको जानकारी दिएका छन् ।

उनले ट्वीटमा सेतो सूर्य आफूलाई मन परेको समेत उल्लेख गरेका छन् । उनले पी२पी प्रयोग गरेर नै फिल्म हेरे तापनि फिल्म मन परेको उल्लेख गरेका हुन् ।

बुद्दिसागरको उपन्यासमा निर्मित यो फिल्म दीपक राैनियारले निर्देशन गरेका हुन् । फिल्म ‘सेतो सुर्य’ एउटै परिवारको फरक राजनीतिक विचारले उत्पन्न द्धन्दको कथामा आधारीत छ । माओवादी जनयुद्धको मुख्य कथाबस्तु समेटेको यो चलचित्रमा दयाहाङ् राई, रबिन्द्र सिंह बानियाँ, सुमि मल्ल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

९० औं ओस्कार अवार्डको लागि विदेशी भाषा फिल्म विधामा नेपालबाट सेतो सुर्य फिल्म छनौटमा समेत परेको थियो ।

पाउलो कोएलोको ‘द अक्लेमिष्ट’ सबैभन्दा चर्चित कृति हो । ६५ मिलियनभन्दा धेरै प्रति बिक्री भएको यो पुस्तक विभिन्न ८० भाषामा अनुवादित छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?