रिया चक्रवर्तीका भाई शोविक तीन महिनापछि जमानतमा छुटे !
एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती जमानतमा छुटेका छन् । ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया र उनका भाई शोविकलाई गिरफ्तार गरेको थियो । पक्राउ परेको तीन महिनापछि स्थानीय एनडीपीएस अदालतले शौविकलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।
शौविक सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीका भाइ हुन् । रिया यसअघि नै छुटिसकेकी छन् यसअघि शौविकले दुई पटकसम्म जमानत माग्दै अदालतमा निवेदन दिएपनि अदालतले छाड्न अस्वीकार गरेको थियो । शौविकलाई गत सेप्टेम्बर ४ र रियालाई सेप्टेम्बर ८ मा एनसीबीले पक्राउ गरेको थियो ।
गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ ।