ऋतिक र कंगनाको मुद्दा साइबरबाट अपराध शाखामा !


एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले चार वर्षअघि दर्ता गरेको अभिनेत्री कंगना रनौतसँग जोडिएको एक मुद्दा साइबर सेलबाट अपराध शाखामा स्थानान्तरण भएको छ। यससँगै यो पुरानो मामला फेरि चर्चामा आएको छ।

उनीहरुको यो मामिला साइबर सेलको क्राइम ब्रान्च इन्टेलिजेन्स युनिटमा ट्रान्सफर भएको छ । अपराध शाखा र मुम्बई पुलिस संयुक्त आयुक्तले यसको आदेश जारी गरेको हो । आदेशका अनुसार ऋतिक रोशनले एफआईआरमाथिको अनुसन्धान साइबर सेलको अपराध शाखाको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) मा ट्रान्सफर गरिएको छ ।

ऋतिक रोशनले सन् २०१३ देखि २०१४ बीच सयवटा इमेल पाएका थिए । यी इमेल फिल्म अभिनेत्री कंगना रनौतको मेल आइडीबाट पठाइएको बताइन्छ । यसका लागि ऋतिक रोशनले सन् २०१७ मा साइबर सेलमा ऊजुरी दर्ता गरेका थिए । त्यतिबेला कंगनाले उनको इमेल आईडी ह्याक भएको र उनले ऋतिक रोशनलाई कहिले पनि मेल नपठाएको दाबी गरेकी थिइन् ।

यसमा कंगना रनौतले पनि प्रतिक्रिया दिएकी छिन् । कंगनाले ट्वीट गरेकी छिन्, ‘यसको कहानी पुनः सुरु भयो । हाम्रो ब्रेकअप र यसको डिभोर्स भएको कति वर्ष बितिसकेको छ, तर ऊ अघि बढ्न अस्विकार गरिरहेको छ । कुनै पनि महिलालाई डेट गर्न अस्विकार गर्छ । म जतिबेला आफ्नो नीजि जीवनमा केही आशा पाउने साहस जुटाउँछु तब यसले पुनः नाटक सुरु गरिहाल्छ । ऋतिक रोशन कहिलेसम्म रुन्छस्, एउटा सानो अफेयरका लागि ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?