अभिनेत्री कंगनालाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की !


काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनोटले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको दाबी गरेकी छन् । भारतमा जारी किसान आन्दोलनलाई ‘राजनीतिबाट प्रेरित’ भएको बताउँदै आलोचना गरेको कारण आफूले १०–१२ दिनदेखि भावनात्मक र मानसिकरुपमा ‘अनलाइन लिंचिङ’ को सामना गर्नुपरिरहेको कंगनाले दाबी गरेकी छन् ।

उनले दिलजीत दोसाँझ र प्रियंका चोपडाप्रति पनि कटाक्ष गरेकी छन् । कंगनाले आफ्नो ट्वीटर एकाउन्टमा एक भिडियो पोस्ट गरेकी छन् । जसमा उनले भनेकी छन्, ‘पछिल्ला १०–१२ दिनदेखि मलाई इमोस्नल र मेन्टल अनलाइन तनावको सामना गर्नुपरिरहेको छ । बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन् । यसकारण मलाई आफ्नो देशसँग केही सवाल गर्ने अधिकारी छ ।’

उनले भनिन्, यसमा कुनै शंका छैन कि पूरा आन्दोलन राजनीतिबाट प्रेरित छ । आतंकवादीले पनि यसमा भाग लिन शुरु गरिसकेका छन् । मैले पञ्जावमै आफ्नो स्कुल पढाई गरेकी हुँ ।’ उनले पञ्जावका ९९ प्रतिशत खालिस्तानीले देशसँग प्रेम गर्ने बताएकी छन् । उनले अघि भनिन्, ‘म राम्रो जान्दछु कि पञ्जावका ९९ प्रतिशत खालिस्तान चाहँदैनन । उनीहरु देशलाई विभाजनतर्फ लैजान चाहँदैनन् । उनीहरु देशसँग माया गर्दछन् ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?