सामाजिक सञ्जालमा भाइरल हुँदै सुशान्त सिंह राजपुतले लेखेको पत्र
एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ७ महिना पूरा भएको छ । आफ्नै अपार्टमेन्टमा मृत भेटिएका राजपुतको हत्या हो की आत्महत्या यो प्रश्नको अझै निष्कर्ष निस्किएको छैन । भारतमा यसको अनुसन्धान चलिरहेको छ ।
यसैबीच सुशान्त की बहिनी श्वेताले बुधबार सामाजिक सञ्जालमा सेयर गरेको हस्तलिखित पत्रले भने ठूलो चर्चा पाएको छ । सुशान्तका फ्यानहरूले उक्त पत्र आफ्नो अकाउन्टमा सेयर समेत गरिरहेका छन् ।
उक्त पत्रमा लेखिएको छ, ‘केही बन्नका लागि मैले मेरो ३० वर्ष खर्च गरे । म राम्रो बन्न चाहन्थे । म हरेक कोणबाट राम्रो नै हुन चाहन्थे । तर, म जे थिए त्यसमा सन्तुष्ट थिइन ।’
सुशान्तले लेखेेको पत्र सेयर गर्दै उनले क्याप्सन लेखेकि छिन्, ‘भाइले लेखेको…गाहन विचार ।’ श्वेतालको यो स्टाटसमा धेरै फ्यानहरूले प्रतिक्रिया दिएका छन् ।