चलचित्र ‘तेन्जिङ’ बनाउँदै ओबामा दम्पती !
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही सोलुखुम्बुमा जन्मिएका हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा चलचित्र बनाउने भएका छन् ।
ओबामा र उनी पत्नी मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र बनाउन लागेका हुन् । ओबामाको कम्पनी हाइयर ग्राण्ड प्रोडक्सनले चलचित्र बनाउन लागेको हो ।
तेन्जिङ नाम रहने फिल्ममा शेर्पाको उपलब्धिहरुमा आधारित रहेर हिरो अफ एभरेष्ट थिममा फिल्म बन्ने जनाइएको छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्नेछन् ।