सुशान्तको सम्झना गर्दै बहिनी श्वेताले लेखिन् यस्तो भावुक म्यासेज !


एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको हिजो अर्थात १४ फेब्रुअरीबाट ८ महिना पुरा भएको छ । अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् । सुशान्तकी बहिनी श्वेतासिंह कीर्तिले सामाजिक सञ्जालमा पोस्टमार्फत उनको याद गरिरहने गरेकी छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै एमोशनल म्यासेज लेखेकी छिन् ।

अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै भावुक म्यासेज लेखेकी छिन् ।

श्वेताले सुशान्त मुस्कुराएको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज पनि सुनेको पनि छैन । प्लीज फर्किएर आउ ।’ फ्यानले उनले पोष्ट गरेको सुशान्तको तस्बिरमा प्रेम बर्साइरहेका छन् । सुशान्त १४ जुन २०२०मा बान्द्रा स्थित फ्लाइटमा मृत भेटिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?