यसकारण फेरि चर्चामा कंगना !


एजेन्सी । भारतीय बलिउड अभिनेत्री कंगना रनवत बेला–बेलामा चर्चामा आउने गरेकी छन् । सामाजिक सञ्जालमा विवादित विषयमा टिप्पणी गरेकै कारण चर्चा पाउने कंगना यती बेला सन् २०२४ मा नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्ने दाबी गर्दै लेखेको ट्वीट कारण चर्चामा छिन् ।

मोदी २०१४ मा पहिलोपटक र २०१९ मा दोस्रोपटक भारतका प्रधानमन्त्री बनेका थिए। कंगनाले सामाजिक सञ्जाल ट्वीटमा न् २०२४ मा पनि जित हासिल गर्दै मोदीले तेस्रो पटक सरकार सम्हाल्ने बताएकी छन् ।

भारतको जीडीपी बढाउने सुझाबको प्रतिवेदनमाथि प्रतिक्रिया जनाउँदै कंगनाले भनेकी छन्, ‘नरेन्द्र मोदी २०२४ मा पनि प्रधानमन्त्री हुनेछन् ।’

उनको यो ट्वीटलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरु खुसी भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?