अब राज कुन्द्राको पोर्नग्राफी प्रकरणबारे अनुसन्धान एसआईटीले गर्ने !
एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको पोर्नग्राफी प्रकरणबारे गहिरो अनुसन्धान गर्ने मुम्बई पुलिसको क्राइम ब्रान्चले स्पेशल इन्भेस्टिकेशन टीम (एसआईटी) गठन गरेको छ ।
एक प्रहरी अधिकारीका अनुसार एसआईटीको नेतृत्व एक सहायक पलिस आयुक्त (एसीपी) स्तरका अधिकारीले गर्ने छन् । र, क्राइम ब्रान्चका वरिष्ठ अधिकारीलाई अध्ययनको रिपोर्ट पेस गर्ने छन् । अहिलेसम्म पोर्नग्राफीलाई लिएर तीन फरक–फरक एफआईआर र थुप्रै पीडितको गुनासो दर्ता भएको छ । अब यी सबै फाइल एसआईटीलाई हस्तान्तरण गरिने छ ।
एडल्ट कन्टेनसँग जोडिएका प्रकरणमा राज कुन्द्रा मुख्य आरोपी ठहरिएका छन् । प्रहरीले कुन्द्रालाई नै पोर्न फिल्मको मुख्य दोषि ठानेको छ । प्रहरीले पोर्न फिल्म बनाउनुका साथै ती फिल्मलाई एप्स तथा ओटीटी प्लेटफार्ममा प्रसारित गरेको आरोपमा कुन्द्रालाई गत जुलाई १९ मा गिरफ्तार गरेको थियो ।
कुन्द्रा २७ जुलाईसम्म प्रहरी हिरासतमा रहेका अहिले उनी आर्थर रोड जेलमा छन् ।