राज कुन्द्रालाई डिभोर्स दिने तयारीमा शिल्पा शेट्टी !
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी श्रीमान राज कुन्द्रालाई डिभोर्स दिने तयारीमा रहेकी बताइएको छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार शिल्पाले राजसँग डिभोर्स गर्ने सोच बनाइरहेकी छिन् ।
शिल्पाकी एक साथीका अनुसार शिल्पाले उनीहरुसँगको कुराकानीमा आफूलाई राज कुन्द्राको अनुहार पनि हेर्न मन नलागेको र उसँग नाम जोडिएका हरेक कुरा देख्दा पनि मन नपर्ने बताएकी छिन् ।
उनको नजिकको साथीको यो कुरापछि अहिले सामाजिक सञ्जालमा शिल्पाले डिभोर्स दिने भन्ने बारे चर्चा चल्न थालेको छ । यद्यपी शिल्पाले यसबारेमा आफ्नो आधिकारीक धारणाबारे केहीपनि बताएकी छैनन् ।
अभिनेत्री शिल्पाका श्रीमान गत जुलाईमा ‘पोर्नोग्राफी केस’ मा परेका थिए । उनी पोर्नोग्राफी केसपछि हिरासतमा रहेका छन् तर नायिका शिल्पा सेट्टी आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फर्किएकी थिइन् ।
शिल्पाका पति राज जुलाई १९ मा प्रहरीले पक्राउ गरेपछि शिल्पाले ३ हप्तासम्म आफ्नो काम छाडेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’ को सेटमा फर्किसकेकी छिन् ।