२७ दिनपछि रिहा हुँदै आर्यन, मन्नतबाट छोरा लिन निस्किए शाहरुख खान
एजेन्सी । लागुऔषध मुद्दामा २७ दिनदेखि हिरासतमा रहेका आर्यन खान आज रिहा हुने भएका छन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान केही समयमै मुम्बईको जेलबाट रिहा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहीबार साँझ उच्च अदालतले २३ वर्षीय आर्यन खानलाई क्रुजमा लागुऔषध मुद्दामा जमानत दिएको थियो । समयमा कागजात नपाउँदा उनले थप एक रात जेलमा बिताउनु परेको थियो ।
अनुसार आर्यन खान आज १० बजे जेलबाट बाहिर निस्किनेछन् । शाहरुख खान शनिबार बिहान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल गएका थिए । आर्यन खानका वकिलले शुक्रबार साँझ ५ः३० बजेसम्म जमानतको कागजात बुझाउन नसकेपछि आर्यन खान शनिबार रिहा हुने बताएका थिए ।
मोदी सरकारमा महान्यायाधिवक्ता रहेका मुकुल रोहतगीले अदालतमा आर्यन खानको पक्षमा बहस गरेका थिए । यसैबीच केही शाहरुख खान छोरा आर्यनलाई लिन आफ्नो घर मन्नतबाट निस्किएका छन् । छोरा आर्यन लिन उनी आर्थर रोड जेलमा जाने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।