लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसियूमा उपचार जारी
एजेन्सी । बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ । कोभिड–१९ संक्रमित उनको स्वास्थ्यमा अझै सुधार नआएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
उनलाई गत जनवरी ९ को राति मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसियूमै उपचार भइरहेको बताइएको छ ।