उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने
वैशाख १२, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ।
हाल पूर्वानुमानित संख्याका आधारमा मतपत्र छपाइको कार्य तीव्र गतिमा भइएरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै दलहरूका तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूका लागि छपाइ भइसकेको मतपत्रको संख्या र त्यसमा समाविष्ट निर्वाचन चिह्न पर्याप्त हुने नहुने स्पष्ट हुनेछ ।
गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ ।
बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ भइरहेको छ । निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।