कांग्रेस-माओवादी र जसपा-एकीकृत समाजवादीको अलग गठबन्धन
वैशाख १३, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार–चार जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ ।
राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । सो गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको छ ।
रावाबेँसीमा जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति छ ।
१६ वैशाखभित्र छलफल गरेर जसपाबाट उपाध्यक्षकी उम्मेदवार बनेकी नेपाललाई मनोनयन फिर्ता गराउन लगाएर नेकपा एकीकृत समाजवादीका राईलाई उपाध्यक्ष छाड्ने तयारी छ ।