कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते


वैशाख २८, सुर्खेत । मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २६ वर्षीय इन्द्र विक छन्। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए। उनीहरूले केही बेर प्रहरीसँग विवाद पनि गरेका थिए।

प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?