मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयाेगका अध्यक्ष अन्सारी पक्राउ


वैशाख २९, जनकपुर । मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अन्सारीलाई पैसा बाँडेको आरोपमा पक्राउ गरेको हो।

जनकपुरधामकाे बसपार्कस्थित हाेटल सीताशरणमा पैसा वितरण गर्ने क्रममा उनी पक्राउ परेको बताइएको छ ।

उनले त्यहाँ मुस्लिम समुदायका मानिसहरूलाई पैसा वितरण गरेको बताइएको छ ।

यसबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण केही क्षणमा सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?