लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बन्न भट्टराईको अपिल
वैशाख ३०, काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह गरेका छन्। निर्वाचनलाई ३५ हजार स्थानीय जनप्रतिनिधि प्रत्यक्ष चुनिने देशको सबैभन्दा ठूलो लोकतान्त्रिक महायज्ञ भनेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले तल्लो तहको लोकतन्त्रको जग बलियो बनाउनुपर्ने औंल्याए। डा.भट्टराईले गृह जिल्ला गोरखाको पालुङटार नगरपालिका–१, खोप्लाङ डाँडागाउँस्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।