रुपन्देहीको हिलाम्य मतदान केन्द्र, सास्ती खेप्दै मतदाता (फोटोफिचर)


वैशाख ३०,भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-३ अवस्थित मतदान केन्द्र वर्षाले हिलाम्य भएको छ। बिहीबार र शुक्रबार परेको पानीका कारण मतदान स्थल हिलाम्य भएको हो। साघुरो क्षेत्र रहेको खजहना आधारभूत विद्यालयको मतदान स्थलमा बैकल्पीक व्यवस्था नभएकोले बाध्यात्मक रुपमा हिलो टेकेर भएपनि मतदाताले मताधिकार प्रयोग गरिरहेका छन्।

वर्षाले तयारी अवस्थामा रहेको मतदान केन्द्रको लाइन लाग्न बनाइएको क्षेत्रमा पानीले हिलाम्य बनाएको छ। मत दिने ठाँउ र मतपेटिका भने सुरक्षित रुपमा राखिएको छ। यही मतदान केन्द्रबाट राप्रपाका नेता दिपक बोहराले मतदान गरेका छन्। उनी मतदान गर्न जाँदा हिलोले लडेका थिए। उनका सहयोगीले सम्हालेका थिए।

पानी रोकिए पनि हिलाम्य हुँदा समस्या भएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?