मतदान गरेपछि बालेन शाहले भनेः हाम्रो अवस्था एकदमै राम्रो देखियो


वैशाख ३०, काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन्। बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन्।

अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन्। उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन्। मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए।

उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए। उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए। त्यसपछि उनी महानगरभित्रका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका थिए। विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनी मतदान गर्न पुगेका हुन्।

उनले ११ बजेको साइत जुराएर मतदान गरेका हुन्। उनले ११ः०३ बजे मतदान गरेका थिए। ‘सुरुमा हाम्रो स्थिति कस्तो छ भनेर हेर्न खोजेका थिए। हाम्रो स्थित एकदमै राम्रो छ। त्यसपछि म भोट हाल्न आए,’ शाहले भने।

विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनले आफ्नो जीत सुनिश्चित भएको उनको भनाइ छ। काठमाडौंमा कुनै प्रकारको चुनौती नरहेको भन्दै अहिलेसम्म काम गर्ने मान्छे नभएको बताए। ‘काठमाडौंमा केही पनि चुनौती छैन। काम गर्ने मान्छे नभएर अहिलेसम्म समस्या भएको हो। हामी जितेर आएपछि काम गर्छौ,’ शाहले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?