हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकोप्टरबाट उद्धार
वैशाख ३०, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका(२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए। घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।
गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए। झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन्। अहिले मतदान रोकिएको छ।
सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टोली खटाएको सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए।