कालीकोटको एक मतदान केन्द्रमा मतदान स्थगित


वैशाख ३०, सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका बिषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङ्गले बताइन्। अहिले पुनः मतदानका बिषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?