स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन: आयोग


वैशाख ३०, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन्। आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए।

‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भने। आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ। अध्यक्षसहितको सात वटा उच्चस्तीय टोलीले मतदानको अनुगमन गरेको थियो। उनका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ। ७७ वटै जिल्लामा अनुगमन गरेको थियो।

आयोगका अनुसार देशका कतिपय निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?