उदयपुरमा प्रहरीको गोली प्रहारबाट एक युवकको मृत्यु, एक घाइते


वैशाख ३०, काठमाडौँ । उदयपुरको कटारी नगरपालिका–१० सोरुङस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ। गोली लागेर १८ वर्षीय प्रविण भनिने वीर बहादुर कटुवालको मृत्यु भएको बताइएको छ। अर्का १३ वर्षीय बालक मोहन श्रेष्ठ समेत गोली लागेर घाइते भएका छन्।

मतपेटिका लुट्न खोजेको भन्दै प्रहरीले गोली चलाएको बताइएको छ । यस घटनाबारे उदयपुर प्रशासनले भने मुख खोलेको छैन्।

मतदान सकिएपछि मतदान केन्द्रमा रहेको मतपेटिका सिलबन्दी गर्ने क्रममा लुटपाट गर्न खोजिएपछि प्रहरीले ८ राउण्ड गोली चलाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उक्त घटनामा एक प्रहरी र एक सर्वसाधारण घाइते भएको उनले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?