मनाङको चामेमा एमालेका उम्मेदवारको अग्रता
वैशाख ३०, काठमाडौँ । मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १५४ मत पाएका छन्। नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत पाएका छन्।
५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् । जसमध्ये ६१० मत खसेको थियो ।