गुल्मीको गुल्मीदरवार गाउँपालिकामा कांग्रेस विजयी


जेठ १, काठमाडौँ । गुल्मीको गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन्। दुबै कांग्रेस उम्मेदवार हुन्।

अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए। ७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?