महोत्तरीको बर्दिबास-७ को वडाध्यक्षमा एक मतले गठबन्धनका बागी विजयी


जेठ १, महोत्तरी । बर्दिबास नगरपालिका–७ को वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन्।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदा माओवादी केन्द्रका सुरेन्द्र सिंहले ७२६ मत पाए। अन्य वडाको मतगणना जारी छ। प्रारम्भिक विवरण अनुसार मेयरमा कांग्रेसका अर्का बागी प्रल्हाद क्षेत्री १ हजार ५५४ मतसहित अगाडि छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?