दैलेखको नौमुले गाउँपालिकामा माओवादी विजयी
जेठ १, काठमाडौँ । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी निर्वाचित भएका छन्। उनी ३ हजार २०० मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५४४ मत ल्याए। तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए। नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो।
कर्णालीमा दैलेख माओवादीको कमजोर प्रभाव रहेको जिल्लामा मानिन्छ। अघिल्लो स्थानीय निर्वाचनमा एउटा वडा पनि नजितेकोमाओवादीले यसपालि दैलेखमा केही वडा र गाउँपालिका अध्यक्षमा जित हासिल गरिसकेको छ।