सल्यानका २१ वडाको मतगणनाः कांग्रेस १०, माओवादी ७ र एमाले ४ मा विजयी


जेठ १, काठमाडौँ । सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ। मतगणना सम्पन्‍न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ।

कांग्रेसः शारदा नगरपालिका-१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी भएका छन्।

बागचौर नगरपालिका–१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे–१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी–१ मा प्रकाश हमाल, त्रिवेणी-१ मा दलबहादुर बस्नेत र कुमाख–२ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन्।

माओवादी केन्द्रः कुमाख-१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा-१ मा टंक ओली, सिद्ध कुमाख-१ मा रमेश चलाउने, छत्रेश्वरी-२ मा प्रेम नेपाली र कपुरकोट(१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित भएका छन्।

एमाले: कालीमाटी-४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी-२ मा हस्त बहादुर राम्जा र कपुरकोट-२ मा इश्वरी बुढा वडाध्यक्षमा निर्वाचित भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?