कालिकोटको पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी


जेठ २, काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा जित हात पारेको छन्। सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार गाउँपालिका अध्यक्षसहित नौवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका हुन्।

गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा मानबहादुर भण्डारी विजयी भएका छन्। नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन्।

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं. १ मा मनप्रसाद न्यौपाने, २ मा भीमप्रसाद न्यौपाने, ३ मा बाँचे विश्वकर्मा, ४ मा तिलकबहादुर बुढा, ५ मा तिलकबहादुर बम, ६ मा ज्ञानबहादुर ऐडी, ७ मा माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नम्बर ९ मा रामबहादुर बम विजयी भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?