गण्डकीमा रोचक नतिजाः कतै १ भोट, कतै शून्य


जेठ २, गण्डकी । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन्। मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन्। बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार तारानाथ श्रीपालीले एक मत मात्रै पाए।

त्यस्तै, मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष उठेका झ्याम्याङ टासी गुरुङले १ मत मात्रै पाएका छन्।

अर्को अनौठो नतिजा के छ भने मनाङ र मुस्ताङका अधिकांश पालिकामा दलित महिला सदस्य निल छ। नार्पाभूमीको १ मा महिला र दलित महिला सदस्य नै छैनन्। २ देखि ५ सम्म दलित महिला सदस्य छैनन्।

मनाङ ङिस्याङको १, २ र ८ मा दलित महिला सदस्य छैनन्। नासों गाउँपालिकाको २, ३ र ६ मा दलित महिला सदस्य छैनन्। यहाँका अधिकांश वडाहरूमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्।

मुस्ताङको लोमान्थाङमा ५ वटै वडामा दलित महिला सदस्य निल छ। लो घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर २ बाहेक सबै वडामा दलित महिला सदस्य निल छन्। बाँकीमा मतगणना चलिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?