भक्तपुरका तीन नगरपालिकाको प्रमुखमा कांग्रेस अगाडी
जेठ २, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण गरी तीन नगरपालिकाको मेयरमा कांग्रेस अग्रस्थानमा रहेको छ। सोमबार साँझसम्म मध्यपुर थिमीमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ ९०८८ मतका साथ अग्रस्थानमा छन्। श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मदनसुन्दर (जगुलु) श्रेष्ठले ६२७२ मत ल्याएका छन्।
सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेल ४३२८ मतका साथ अग्रस्थानमा छन्। ढुंगेललाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वासुदेव थापाले ३८१० मत ल्याएका छन्।
चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार जीवन खत्री ४७१६ मतका साथ अग्रस्थानमा छन् । खत्रीलाई पछ्याइरहेकी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की विना बास्तोलाले ४२६३ मत ल्याएकी छन्। जिल्लाको अर्को भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरिसकेको छ।