आयोगको आधिकारिक मत परिणामः भरतपुरमा फेरी रेणु अगाडी
जेठ २, चितवन । चितवनको भरतपुर महानगरपालिकामा फेरी रेणु दाहालले अग्रता लिएकी छन्। पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बेनकी रेणुले १५ हजार ९३३ मत गणना हुँदा तीन मतले अग्रता लिएकी छिन्।
उनले ५ हजार ३१३ मत ल्याएकी छिन् भने सुवेदीले ५ हजार ३१० मत ल्याएका छन्। नेपाली कांग्रेसका विद्रोही जगन्नाथ पौडेलले २ हजार ५३६ मत ल्याएका छन्।