भरतपुर अपडेट : रेणु दाहालले बढाइन् मतान्तर
जेठ ३, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मतान्तर बढाएकी छन्। २१ हजार ७५४ मत गणना हुँदा रेनुले ३५५ मतको अग्रता लिएकी हुन्।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार २३ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९८९ मत प्राप्त गरेका छन्। उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मतका साथ पछ्याइरहेका छन्।