भरतपुरमा रेनुले बढाइन् मतान्तर
जेठ ३, काठमाडौं । भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। २२ हजार ३८७ मत गणना हुँदा दाहालले सात हजार ७१४ मत ल्याएकी छन्।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले सात हजार २१० मत ल्याएका छन्। उनी दाहालभन्दा ५०४ मतले पछाडि छन्। अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार हजार ६९२ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३१६ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले पाँच हजार ९६५ मत ल्याएकी छन्।