भरतपुर महानगरमा १ हजार ६ सय मतले रेनु अगाडि


जेठ ४, चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले आफ्नो अग्रता बढाउँदै लगेकी छिन्। पछिल्लो मत परिणाम अनुसार २७ हजार २६० मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहालले ९ हजार ८०१ मत पाएकी छिन् भने नेकपा एमालेका विजय सुवेदीले ८ हजार १८४ मत प्राप्त गरेका छन्।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन्। उपप्रमुखतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?